सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव


सुर्खेत- सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ ।  वीरेन्द्रनगर नगरपालिका –६ बस्ने मृतक १८ वर्षीया शर्मिला सुनारका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।

शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार प्रदेश अस्पतालमा पुगेकी थिइन् । डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासि सोमबार (आज) बिहान ४ बजे मृत्युको खबर दिएको आफन्तहरू बताउँछन् ।

मृत्युको खबर दिनुअघि अस्पतालबाट प्रहरी बोलाइएको आफन्तहरूको भनाई छ । बिहानै देखि बाक्लो संख्यामा प्रदेश अस्पताल सुर्खेतमा सम्भावित घटना रोक्न प्रहरी परिचालन गरिएको छ । सुत्केरीका आफन्तहरूले अप्रेसनमा सहभागी डाक्टरहरूलाई कारबाहीको माग गरेर आन्दोलन गरेका छन्।

आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अहिले अस्पताल प्रशासन र पीडितहरू छलफल गरेका छन् ।

प्रतिक्रिया