चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो : गोकुल बाँस्कोटा


काठमाडौं-  नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाले दाबी गरेका हुन् ।

बाँस्कोटाले व्यंग्य गर्दै चितवनमा फेरि उपचुनाव हुने दाबी गरेका हुन् ।  ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’ उनले लेखेका छ्न् ।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया