भारतमा निपाह भाइरसका कारण युवकको मृत्यु


केरला- भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए ।

उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । विभागले आइतबार मृतक युवकको प्रत्यक्ष सम्पर्कमा आएका १५१ जनाको सूची जारी गरेको छ ।

विभागका अनुसार सम्पर्क सूचीमा रहेका तीन जनामा भाइरसको लक्षण देखिएको बताइएको छ ।

निपाह भाइरस कसरी सर्दछ ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्दछ।

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मिनसमा सर्छ। संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा पनि सर्छ। यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ।

लक्षण
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस।

रोकथाम कसरी गर्ने ?
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– तरकारी सकेसम्म पकाएर खाने
– मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
– सकेसम्म पानी उमालेर मात्रै पिउने
– बेलाबेलामा साबुनपानीले हात धुने
– भिडभाड जाँदा मास्क लगाउने।

प्रतिक्रिया