धनगढी उपमहानगरद्वारा नगर बस सञ्चालनमा


काठमाडौँ – धनगढी उपमहानगरपालिकाले नगर बस सेवाको सञ्चालनमा ल्याएको छ।

आइतबार धनगढी उपमहानगरपालिका-१९ को फूलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।

नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको विधिवत् रूपमा उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फूलबारीसहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको बताए ।

विद्युतीय बस सेवा सञ्चालन गर्ने उद्देश्यसहित फूलबारी बसपार्कमा चार्जिङ स्टेसन स्थापना गरिएको तर विभिन्न कारणले विद्युतीय बस सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

तत्कालीन समयमा आफूले दिनेश ट्राभल्स सञ्चालन गरेका बेला फूलबारीका नागरिक बस चलाउन माग गर्दै डेलिकेशन गरेको कुरा स्मरण गर्दै नगर प्रमुख हमालले नगर बस सेवाले उक्त अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया