सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच कार्य सम्पादन सम्झौता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सचिव अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता भएको हो ।

सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू आदि समावेश रहेका छन् । उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्ग निर्देशन समेत गरिएको थियो ।

सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण देखी मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत गरेका छन् । सञ्चार मन्त्रालयले आज आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको छ ।

प्रतिक्रिया