खानेपानीको पाइपलाइन फुटेको विषयमा छानबिन गर्न समिति गठन


काठमाडौँ – पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेको विषयमा छानबिन गर्न खानेपानी मन्त्रालयले समिति बनाएको छ ।

मन्त्री प्रदीप यादवले आइतबार सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका सह-प्राध्यापक डा. सुरज लामिछाने सदस्य छन् ।

बालाजु, पुल्चोक लगायतका क्षेत्रमा खानेपानीको पाइप तथा सकेटमा समस्या देखिएको छ । पाइप तथा सकेटको गुणस्तरमा शंका लागेपछि छानबिन गर्न लागिएको जनाइएको छ । समितिलाई पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायसहित ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया