मन्त्रिपरिषद् बैठक: मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय


काठमाडौँ – सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने भएको हो ।

यी हुन् स्थानीय तहमा रिक्त रहेका पद :

प्रतिक्रिया