एमालेद्वारा १८ बुँदे वार्षिक कार्ययोजना पारित


काठमाडौँ – नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन ८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पारित गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा निर्णय जानकारी गराउँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिए । वार्षिक कार्य योजनाबमोजिम अब पार्टीका सबै कमिटीहरू परिचालन हुने पोखरेलले बताए ।

वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषय समेटिएका छन् । त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना तय गरेको छ ।

प्रतिक्रिया