बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी


काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषद्का सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधान न्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरूमा सिफारिस गर्ने एजेण्डा छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधान न्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया