बाग्लुङमा सरकारी जीप दुर्घटना, ३ जनाको मृत्यु

पूथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढाको परिचयपत्र फेला


बागलुङ — बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

एक जना गम्भिर घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत गलकोट –२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बुलेरो जीप दुर्घटना भएको हो । दुर्घटनास्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको हो ।

अर्का एक पुरुष गम्भिर घाईते अबस्थामा फेला परेका छन् । उनीहरु कसैको पनि पहिचान खुलेको छैन् ।

जीप सडकदेखि झण्डै सात सय मिटर तल खसेको छ । जीपमा सवार अन्य यात्रु समेत हुनसक्ने भएकाले खोजी भैरहेको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए ।

घटनाको बिषयमा थप जानकारी आउन बाँकी छ ।

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन् । शुक्रबार बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त दुर्घटनास्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको परिचय पत्र भेटिएको छ ।

 

प्रतिक्रिया