पहिरोले पुरेर डोटीमा श्रीमान्-श्रीमती घाइते


डोटी – अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् ।

बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा पहिरोमा पुरिएर घाइते भएको प्रहरीले जनाएको छ ।

डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।

दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान कठिनाइ भइरहेको बताए ।

पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया