डोटीमा खोलाले बगायो बालिका


डोटी-  डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर-४ मा एक बालिकालाई खोलाले बगाएको छ ।

स्थानीय गन्नीगाड खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भिमलाल भट्टराइले बताए । बालिकाको खोजी कार्य भइरहेकाे उनले बताए ।

यस्तै बडीकेदार गाउँपालिका वडा नम्बर-४ टिमुटेमा घरमा च्यापिएर दुई जना घाइते भएका छन् । ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएको डीएसपी भट्टराईले जानकारी दिए ।

घरमाथि पहिरो खस्दा गएराती उनीहरू घाइते भएका हुन् । पहिरो खस्दा दर्जनौं बाख्रा र ४ वटा गाईगोरु पनि मरेका छन् ।

प्रतिक्रिया