पर्यटनमन्त्री भारत प्रस्थान


काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारत प्रस्थान गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उनी मंगलबार भारत प्रस्थान गरेका हुन् ।

बुधबारदेखि नयाँ दिल्लीमा सुरु हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

एसिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया