

मलेसियामा अस्ताए काशिराम, गाडीले दिएकाे थियाे ठक्कर

काठमाडौं- मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ खलडाँडाका ४२ वर्षय काशिराम महरकाे मृत्यु भएकाे हाे ।
रोजगारीको खोजीमा मलेसिया पुगेका महरको मंगलबार विहान कार्यस्थल जानेक्रममा गाडीले ठक्करबाट मृत्यु भएको बताइएकाे छ ।
उनको शव पोष्टमार्टमको लागि शव अस्पताल पुर्याइएको छ । उनी डेढ वर्ष अघि वैदेशिक रोजगारीमा पुगेका थिए । महरको घरमा श्रीमती र ३ छोरा छन् ।
मृतक महरको शव नेपाल ल्याउनको पहल भइरहेको वडाध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।

