‘सरकारले एमबीबीएसको कोटा बाँडेको छ तर, सुदूरपश्चिमलाई बिर्सियाे’


काठमाडाैं- राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारले सुदूरपश्चिमलाई बिर्सिएको बताएकी छिन् ।

अन्य प्रदेशका लागि एमबीबीएसका कोटा छुट्टयाए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपेको उनले बताएकी हुन् ।  उनले भनिन्, ‘गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाएको तर अहिलेको सरकारले पुरै व्यवस्था गरेको छ । सरकारले एमबीबीएसको कोटा बाँडेको छ तर सुदूरपश्चिमलाई बिर्सिएको छ । किन ? सरकारले बिर्सिसकेको छ, सुदूरपश्चिम प्रदेश नेपालमा पर्छ भनेर ।’

उनले विधेयक निर्णय प्रक्रियामा  किन ढिलाइ भइरहेको भनेर समेत प्रश्न गरेकी छिन् ।

प्रतिक्रिया