‘सहकारी ठगीको आरोपबारे संसदीय छानबिन गर्नुपर्छ भने पनि म तयार छु’


काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन पनि माग गरेका छन् ।

मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्वश्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको उनले बताए । उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान्‌-श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको उनले बताए ।

‘पूर्वश्रीमतीलाई जोड्न व्यवहारिक कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ । विवाह गर्नु अपराध होइन। मिल्न नसक्दा डिभोर्स गर्नु पनि अपराध होइन,’ उनले भने ।

प्रतिक्रिया