संवैधानिक परिषदमा ५०/५०, उपसभामुख रानाविरूद्ध अविश्वासकाे प्रस्ताव लैजाने तयारी


काठमाडाैं- संवैधानिक परिषदमा सत्ता पक्ष र प्रतिपक्षका ५०/५० सदस्य रहेको अवस्थामा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी भएको छ । हिजो (सोमबार) बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरूद्ध प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । सदस्यमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

संवैधानिक परिषदको निर्णय ५० प्रतिशत सदस्यबाट हुने प्रावधान छ । तर, अहिले  दुवै पक्ष बराबर भएको अवस्थामा निर्णय लिन कठिन हुने भएकाे भन्दै प्रधानमन्त्री ओलीले उपसभामुखविरूद्ध महाभियोग प्रस्ताव गरेका हुन् । उनको उक्त प्रस्तावमा सत्ता गठबन्धनमा रहेका सबै दल सहमत भएकाले प्रक्रिया पूरा प्रस्ताव दर्ता गर्ने तयारी भएकाे बताइएकाे छ ।

यस्तै उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो। उनले त्यसरी आचरणविपरीत काम गरेकोप्रति पनि ओली रुष्ट बनेको बताइएको छ ।

प्रतिक्रिया