धनगढीको नेतुवा तालमा डुबेर एक जनाको मृत्यु


कैलाली- कैलालीको धनगढीस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) धनगढी उपमहानगरपलिका–३ बिशालनगरस्थित नेतुवा तालमा डुबेर एक जनाको मृत्यु भएको हो ।

मृतक गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने मानसिक अवस्था कमजोर भएका ३० वर्षीय कमल चौधरी भएको उनका दाई सीताराम चौधरीबाट खुलेको प्रहरीले बताएको छ ।

तालमा डुबेको खबर स्थानीयले गरेपछि प्रहरी टोली र धनगढी नगर प्रहरीको सहयोगमा उक्त तालबाट ती व्यक्तिलाई मृत अवस्थामा फेला पारी शव तालबाट निकालिएको छ ।

प्रतिक्रिया