अमेरिकाको कान्छी अर्बपति बनिन् सेलेना गोमेज


काठमाडौं-  पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् । सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको ब्लुमबर्गले जनाएको छ ।

३२ वर्षीया उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन् । उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन् ।

यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ ।

प्रतिक्रिया