गैँडाको आक्रमणबाट बर्दियामा ‘नेचर गाइड’को मृत्यु


बर्दिया- गैँडाको आक्रमणबाट बर्दियामा ‘नेचर गाइड’ को मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरीको मृत्यु भएको हो ।

शुक्रबा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नम्बर ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट उनको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको  छ ।

अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए ।

शुक्रबार बिहान ८ बजे शवनलाई लिएर मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएका थिए । जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गैँडाको आक्रमणबाट  अमेरिकी नागरिक र चौकीदा घाइते छन् । उनीहरूको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया