घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौं – व्यास नगरपालिका- १२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

अविरल वर्षाले गर्दा शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको दुवै तर्फ यातायात बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ठूलो पहिरो खसेको र पानी परिरहेकोले पहिरो पन्छाउन कठिन भएको छ। मुग्लिङ– पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सुचारु गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

राजमार्ग अवरोध भएपछि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

प्रतिक्रिया