एनसेलले पलेशालाई १० लाख रुपैयाँसहित सम्मान गर्ने


काठमाडौं- पेरिस पारालिम्पिक्स २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने पारा तेक्वान्दाे खेलाडी पलेशा गाेवर्धन र नेपालकाे प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

एनसेलले पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

एनसेलले गएकाे वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रतिक्रिया