इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घट्यो, कहाँको कति ?


काठमाडौं-   नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–नेपालगञ्जसम्म २ सय ६५ रुपैयाँ सम्म घटेको छ ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

प्रतिक्रिया