मेयर बालेनको कार्यशैलीमा उपमेयर डंगोलको असन्तुष्टि


काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् ।

मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन् ।

महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार लेखिएको भन्दै उपमेयर डङ्गोलले प्रश्न उठाएकी छिन् । डङ्गोलले त्यो निर्णय महानगरको हो कि होइन भन्दै प्रश्न गरिन् ।  सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ? यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन। यो राम्रो पद्धति होइन। ’

बैठकमा काठमाण्डौ महानगरपालिका वडान नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सर्वाेच्चको फैसलालाई लिएर मेयर शाहले हतारिएर सूचना निकालेको बताए ।

प्रतिक्रिया