नेपाल प्रहरीका ३ डीआइजीको काज सरुवा


काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको काज सरुवा गरेको छ । गृहले सोमबार डीआइजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज सरुवा गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ।

केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरेको छ।

प्रतिक्रिया