डेङ्गीका बिरामी ६ हजार नाघे


काठमाडौँ – देशभरि डेङ्गीका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार ३ सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीन जनाको डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।

प्रतिक्रिया