रिसाएका दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा


पोखरा- गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले पदबाट राजीनामा दिएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहे पनि हेरफेरमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका थिए । मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

प्रतिक्रिया