समिट एयरले भोलिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने


काठमाडाैं- समिट एयरले सुदूरपश्चिमको पहाडी जिल्लामा भोलिदेखि नियमित उडान भर्ने भएको छ ।

समिट एयरले धनगढी केन्द्र बनाएर पहाडी जिल्लामा भोलिदेखि नियमित उडान भर्न लागेको हो । अब हप्ताको हरेक सोमबार र विहिबार नेपालगञ्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ ।

नेपालजञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ । यो सोमबार उडाउन भर्ने कार्यतालिका हो । अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगन्ज विहिबार उडान भर्ने गरी तालिका रहेको छ ।

सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर विमान मौसम लगायतका कारण केही समय उडान कार्य अवरुद्ध बन्न पुगेको थियो ।

२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो ।

प्रतिक्रिया