धरान घुम्न गएकी युवती बलात्कृत


काठमाडाैं- धरान घुम्न गएकी एक युवती बलात्कृत भएकी छिन् । ताप्लेजुङबाट धरान घुम्न गएकी २० वर्षीय युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ।

शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको युवतीले बताकी छिन् । युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।

युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै अभियुक्तले होटलमा भेट गरौं भनी जबरजस्ती गरेको बताएकी छिन् । अभियुक्त राईले आफूलाई बलात्कार गरी कुटपिट गरेर होटलमा बन्धक बनाएर राखेको पनि बताएकी छिन् ।

 

प्रतिक्रिया