ग्यास्ट्रिक पनि सरूवा रोग हो ?


डा. छिरिङ स्याङ्बो, काठमाडाैं- अहिलेको अवस्थामा ग्यास्ट्राइटिस अर्थात ग्यास्ट्रिकले नसताउने वा ग्यास्ट्रिक नभएको मानिस भेट्नै मुश्किल हुन थालेको छ । अझ कतिले त ग्यास्ट्रिकलाई राष्ट्रिय रोग नै भन्ने गरेका छन् ।

यसको अर्थ अधिकांश मानिस ग्यास्ट्रिक पीडित हुने गरेको पाइन्छ । अहिलेको खानपान र जीवनशैलीको कारण दिनप्रतिदिन ग्यास्ट्रिक रोगिहरूको

संख्या बढिरहेको छ । सामान्य अवस्थामा यो नसर्ने रोग हो । तर, तपाईंलाई अचम्म लाग्नसक्छ, ग्यास्ट्रिक पनि सर्छ भन्ने सुनेर । हो, विशेष अवस्था वा नजिक दूरी रहने व्यक्तिहरू बीच यो सर्न पनि सक्छ ।

एउटै परिवारमा बस्ने वा सामाजिक दूरी नजिक भएका व्यक्तिबीच यो रोग सर्न सक्छ । नजिकका व्यक्तिहरु बीचमा कसैसँग हेलियोव्यक्ट्रापारोली भन्ने व्याक्टेरिया छ भने त्यो एक अर्कासँग सर्न सक्छ । यसले हाम्रो पेटमा घाउ पनि बनाउन सक्छ । त्यस्तै एचपाएलारी नामक व्याक्टेरीयाले हाम्रो पेटमा क्यान्सर पनि गराउन सक्छ ।

हिजोआज विभिन्न अस्पतालमा यसको उपचार गरिन्छ । यदि हामी यो रोगबाट संक्रमित छौँ भने कम्तिमा दुई हप्तासम्म यसको किटाणु मार्ने औषधि खानुपर्छ । जुन औषधीलाई ट्रिपल ड्रग थेरापी भनिन्छ । यदि यसको सेवन गरिएन भने यसले ठूलो रूप लिन सक्छ, अथवा यो निको हुन धेरै समय लाग्नसक्छ ।

यो किटाणु एउटै गम्छा प्रयोग गर्दा, जुठो खाना वा एउटै प्लेटमा खाना खानाले दिशाको संक्रमणबाट वा फोहोर पानीको माध्यमबाट

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ जसको कारण यो सरूवा रोग जस्तै देखिन्छ ।

प्रतिक्रिया