मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार


काठमाडौं – यस वर्षको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो ।

छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय गरेको छ। दुवै पुरस्कारको राशि ४र४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया