अम्बानीलाई पछि पार्दै अडानी बने भारतका धनी व्यक्ति, २१ वर्षीय कैवल्य कान्छा अर्बपति 


नयाँ दिल्ली- चीनको राजधानी बेइजिङलाई पछि पार्दै भारतको आर्थिक राजधानी मुम्बई सबैभन्दा धेरै अर्बपति भएको एशियाको राजधानी बनेको छ । हुरुन इन्डियाको प्रतिवेदनले यो खुलासा गरेकाे हाे ।

प्रतिवेदनमा भारतका ३ सयभन्दा बढी अर्बपतिलाई समावेश गरिएको छ । जहाँ गौतम अडानी मुकेश अम्बानीलाई पछि पार्दै देशको सबैभन्दा धनी व्यक्ति (भारतको धनी अर्बपति) बनेका छन् । उनको कूल सम्पत्ति ११.६ लाख करोड रुपैयाँ नाघेको छ । एक वर्षमा ९५ प्रतिशतले बढेको अडानी समूहको शेयरमा भएको अत्याधिक वृद्धिका कारण उनको सम्पत्तिमा वृद्धि भएको सूचीमा उल्लेख छ ।

गौतम अडानीको कूल सम्पत्ति 
गौतम अडानी र उनको परिवार ११.६ लाख करोड रुपैयाँको कूल सम्पत्तिका साथ हुरुन भारत धनी सूचीमा शीर्ष स्थानमा छन्। उनको सम्पत्ति ९५ प्रतिशतले बढेको छ । यो बलियो वृद्धिका कारण उनी यो सूचीको शीर्ष स्थानमा आएका छन् । ‘हिन्डनबर्गको आरोपपछि फिनिक्स जस्तै माथि उठेका गौतम अडानी र उनको परिवारले यस वर्षको वरीयतामा शीर्ष स्थान हासिल गरेका छन्’ अडानीको सम्पत्तिमा भएको बृद्धिको सम्बन्धमा प्रतिवेदनमा भनिएको छ ।

गौतम अडानीको नेतृत्वमा अहमदाबादको अडानी समूहले मुख्यतया पूर्वाधार क्षेत्रमा काम गर्छ। यो देशको सबैभन्दा ठूलो निजी पोर्टको स्वामित्वमा छ र विश्वव्यापी कोइला व्यापारमा प्रमुख भूमिका खेल्छ। अडानी इन्टरप्राइजेज गौतम अडानीको समूहको प्रमुख कम्पनी हो ।

किन बढ्यो अडानीको सम्पत्ति ?  
अदानीको सम्पत्तिमा उल्लेखनीय बृद्धिकाे कारणा गत वर्ष अडानी समूहको शेयर मूल्यमा भएको तीव्र वृद्धिलाई बताइएकाे छ ।  उदाहरणका लागि, अदानी पोर्ट्सले ९८ प्रतिशतको वृद्धि रेकर्ड गर्‍यो, बढेको परिचालन क्षमता र थप पोर्टहरू र कन्टेनरहरूद्वारा प्रेरित भएको थियो ।  यसैगरी ऊर्जा क्षेत्रका कम्पनी अदानी इनर्जी, अदानी ग्यास, अदानी ट्रान्समिसन र अदानी पावरको शेयरमूल्य ७६ प्रतिशतले बढेको छ ।

मुकेश अम्बानीसँग कति सम्पत्ति छ ? 
गौतम अडानीपछि यस सूचीमा मुकेश अम्बानी छन्, जसको कूल सम्पत्ति १०,१४,७०० करोड रुपैयाँ रहेको बताइएको छ ।  जुन गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा एचसीएलका संस्थापक शिव नाडर र उनको परिवार छन्, जसको कुल सम्पत्ति ३१४,००० करोड रुपैयाँ छ ।

हुरुन इन्डिया रिच लिस्टमा ५८ वर्ष उमेरमा प्रख्यात बलिउड अभिनेता शाहरुख खान पनि छन् । उनको कूल सम्पत्ति ७३,०० करोड रहेको छ । उनको कोलकाता नाइट राइडर्स क्रिकेट टीम र रेड चिली इन्टरटेनमेन्टमा गरिएको लगानीबाट सम्पत्ति आएको हो । यसपछि फिल्म उद्योगबाट जुही चावला र उनको परिवार, ऋतिक रोशन, करण जोहर र अमिताभ बच्चन समावेश छन् ।

भारतकाे सबैभन्दा कान्छा अर्बपति 
भारतको सबैभन्दा कान्छो अर्बपतिको सूचीमा शीर्ष स्थानमा जेप्टोका २१ वर्षीय कैवल्य वोहरा छन् । जेप्टो एक द्रुत वाणिज्य स्टार्टअप हो, जसको मूल्य ५ बिलियन डलर छ। तिनीहरूका सह-संस्थापक २२ वर्षीय आदित पालिचा सूचीमा दोस्रो कान्छा धनी व्यक्ति हुन् । यसपछि हर्षिल माथुर र शशांक कुमार छन्, जो रेजरपेका सह-संस्थापक हुन् र दुवै ३३ वर्षका छन् ।

देशका यी शहरहरूमा सबैभन्दा धनी 

हुरुन इन्डिया रिच लिस्टले भारतको कुन सहरमा सबैभन्दा बढी अर्बपति रहेको पनि बताइएकाे छ ।  हुरुन इन्डिया रिच लिस्टका अनुसार मुम्बई अर्बपतिको संख्यामा शीर्ष स्थानमा छ । मुम्बईमा  ३८६ अर्बपतिहरू बस्छन् ।

१७ नयाँ अर्बपतिहरू हैदरावादमा सरेका छन्, जसका कारण हैदराबादमा कूल अर्बपतिको संख्या १०४ पुगेको छ भने हैदराबाद तेस्रो स्थानमा पुगेको छ । नयाँ दिल्ली दोस्रो स्थानमा छ, जहाँ २१७ अर्बपतिहरू बस्छन् ।

 

प्रतिक्रिया