प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने क्रिकेट संघको निर्णय


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो ।

खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।

यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

 

प्रतिक्रिया