नाबालिकालाई यौन धन्दामा लगाउने गेष्ट हाउसका २ सञ्चालक कोटेश्वरबाट पक्राउ


काठमाडौं – नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका थिए । घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ ।

प्रहरीका अनुसार उनीहरूलाई आर्थिक अवस्था कमजोर भएका बालिकालाई सरसफाइ तथा भाँडा माझ्ने काम गर्न भनेर गेष्ट हाउसमा ल्याउँथे । उनीहरूलाई कोठामा थुन्थे, अनि सम्पर्कमा आएका ग्राहकसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाउँथे ।

प्रहरीका अनुसार बालिकाहरूलाई प्रतिदिन ६ जनासम्म ग्राहकसँग यौन सम्पर्क गर्न लगाउँथे । प्रतिग्राहक पाँच सय रुपैयाँ दिने भनिए पनि आर्थिक शोषण समेत गर्दै आएका थिए । गेष्ट हाउस बाहिर लैजाने ग्राहकसँग भने उनीहरूले प्रतिरातको आठ हजार रुपैयाँ असुल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया