ट्राफिक नियम मिच्दै स्कुल बस


पोखरा- जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।

जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए ।

जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घ नगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए ।

यसअघि पनि ५५ बसमा स्पिड लिमिट अंकित स्टिकर टाँस गरिएको थियो भने दर्जन बढी सवारीलाई कार्वाही गरिएको थियो ।

प्रतिक्रिया