


सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित यी ५० उभिए छानबिन समितिको ‘कठघरा’मा

काठमाडौं – नेकपा एमाले प्रतिनिधिसभाका सांसद सूर्य थापाको अध्यक्षतामा गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिलेले हालसम्म ५० जनाको बयान लिएको छ ।
तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी प्रकरणमा छानबिन गर्नका लागि गत जेठ १५ मा गठित संसदीय समितिले लामिछानेसहित ५० जनाको बयान लिइसकेको छ । समितिको कार्यअवधि यही ३ महिना अर्थात् भदौ १५ गतेसम्म रहेको छ ।
समितिको विभिन्न मितिमा बसेको बैठकले सहकारीको रकम अपचलन तथा ठगीको आरोप लागेका व्यक्तिहरुको बयान लिएको हो ।
साउन २५ गतेदेखि बयान लिन सुरु गरेको समितिले पहिलो दिन ४ जनाको बयान लिएको थियो । गोरखा बचत तथा ऋण सहकारीका डम्बरबहादुर बम्जन, इमानसिंह राईका साथै रामबहादुर गामैतम र सुरेन्द्र भण्डारीको बयान लिएको थियो ।
त्यसैगरी समितिले केदारनाथ शर्मा, गीता शर्मा, नुमन सुब्बा, चन्द्रबहादुर तामाङको बयान लिएको थियो ।
त्यसैगरी साउन २७ मा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका हेमराज दाहाल, कृष्णप्रसाद कँडेल, वीरेन्द्र महर्जन, राजबहादुर सिंह, इच्छाराज तामाङ, केबी उप्रेती, हिमालय विक्रम मल्ल ठकुरी र कुमार रम्तेलको बयान लिएको छ ।
त्यसैगरी समितिले शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कल्पनाकुमारी श्रेष्ठ, शंकर कार्की, सुरेन्द्रमणि पौडेल, अजय श्रेष्ठ, रमण पौडेल, रोशनी गुरुङ, ओमप्रकाश गुरुङ, सुधिर बस्नेत, दिपेशकुमार पुन, रविन्द्र चौलागाईं, लिलाबहादुर गुरुङ, नगेन्द्रबहादुर रिमाल, मानबहादुर विश्वकर्माको पनि बयान लिएको थियो ।
त्यसैगरी समितिले तेजविक्रम थापा, सूर्यबहादुर गुरुङ। मधुसुदन पाठक, विपिनकुमार आचार्य, खेमराल निरौला, रामकृष्ण अवाले, मीनकृष्ण श्रेष्ठ, दिनेश दर्शनधारी, सूर्यध्वज न्यौपाने, रामचन्द्र शर्माको पनि बयान लिएको थियो ।
त्यसैगरी बयान दिनेमा डा. तुलसीप्रसाद भट्टराई, विज्ञान राई, पुष्पराज पौडेल पुरुष, धनबहादुर तामाङ, कुम्मराज गुरुङ, लक्ष्मीप्रसाद पाण्डे दलबहादुर आले थिए ।
त्यसैगरी गोरखा मिडियाका सञ्चालकद्वय पूर्व डिआईजी छविलाल जोशी र पूर्वगृहमन्त्री रवि लामिछानेको पनि समितिले यही भदौ ७ गते बयान लिएको थियो ।

