सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री पार्टीभित्रकै चुनाव हारे, पाए जम्मा ५३ मत


काठमाडाैं- नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइसकेकाे छ । जसमा उम्मेदवार बनेका सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी पराजित भएका छन् ।

उनले ५३ मत मात्रै पाए । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत हुन् । ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।

प्रतिक्रिया