तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे


काठमाडाैं- तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन्।

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनामा परी घाइते नागरिकहरूलाई भेट्न नेपाल आएकी राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरूको अवस्था बुझ्ने क्रममा भेट गरेका हुन्।

प्रतिक्रिया