खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु


खोटाङ-बखोलामा नुहाउने क्रममा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेलमा २ जना बालकको मृत्यु भएको छ ।

भदौ ७ गते दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङखु खोलामा नुहाउने क्रममा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरु सोही वडाको जनहित प्राविमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए ।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घट्नाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया