शिखर धवनद्वारा सन्न्यास घोषणा


काठमाडौं- भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले आज  सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीसाथ छाड्न लागेको उल्लेख गरेका छन् ।

धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेलेका थिए । शुभमन गिल र अरु युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छाडेका थिए । उनले ३४ वटा टेस्ट र एक सय ६७  वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छन् ।

एक दिवसीयमा ६ हजार सात सय ९३ रन र टेस्ट प्रतियोगिताको ५८ पारिमा दुई हजार तीन सय १५ रन बनाएका धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् ।

प्रतिक्रिया