दुई स्वास्थ्यकर्मीकाे एसएलसीकै प्रमाणपत्र नक्कली


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना स्वास्थ्यकर्मीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दुवैजनाले एसएलसीकाे नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।

शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया