देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छः सांसद पन्त


काठमाडौं- राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले देशभर डेँगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेँगुको प्रकोपले जनता हैरान रहेको बताइन् । उनले डेँगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन्? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् ।

उनले हैजा र डेँगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् ।

सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।

प्रतिक्रिया