कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह


कैलाली- कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ । मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो ।

जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ ।

विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ । पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ ।

प्रतिक्रिया