

भूकम्पले घर भत्किएपछि टहमा बसेका थिए, त्यसैमाथि पहिराे पर्दा एकै परिवारका तीनजनाको मृत्यु

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीले बताए । उनका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।

