

ललितपुरको एक घरमा आगलागी

ललितपुर- ललितपुरको बंगलामुखीमा रहेको एउटा घरमा आगलागी भएको छ । घरको दोस्रो तलामा बिहान लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।
प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो । आगो लागेको बेला घरमा कोही नभएको ललितपुर प्रहरीले जनाएको छ ।
ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

