अझै फेला परिनन् अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स


काठमाडाैं- अमेरिकामा गत जुलाई ३१ देखि बेपत्ता रहेकी नेपाली नर्स अझै भेटिएकी छैनन् ।

भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट दुई साताभन्दा बढी समयदेखि बेपत्ता भएकी हुन् ।

ममताको छोरीलाई समेत छाडेर उनी बेपत्ता भएकी हुन् । ममताकी श्रीमान नरेश भट्टले श्रीमती हराएको तीन दिनपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।

ममता काममा नआएपछि प्रिन्स विलियम मेडिकलका उनका साथीहरूले अगस्ट १ मै प्रहरीलाई जानकारी गराएका थिए । तर, भोलिपल्ट नरेशले श्रीमती नहराएको भन्दै प्रहरीलाई फर्काइदिएका थिए ।

यसबारे एक टेलिभिजनमा प्रश्न सोध्दा नरेशले यसअघि पनि दुई-तीन पटक श्रीमती घरबाट बेपत्ता भएकाले उजुरी नगरेको बताएका थिए । ममताकाे खोजीका लागि गुप्तचरहरू खटाइएको छ ।

प्रतिक्रिया