

डेंगुबाट थप एकको मृत्यु

काठमाडाैं- डेंगु संक्रमणबाट पोखरामा एकजनाको मृत्यु भएको छ । पोखराको फिस्टेल अस्पतालमा ५२ वर्षकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको अस्पतालकी सूचना अधिकारी मधु ज्ञवालीले जानकारी दिइन् ।
योसँगै डेंगुका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।बिहीबारसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ८४ पुगेको छ ।

