

रेविजको कारण मकवानपुरमा एक बालिकासहित दुईजनाको मृत्यु

हेटौंडा- रेविजको कारण मकवानपुरमा एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका- ७ साततले निवासी ५ वर्षीय बालिका रविना थोकर तथा ३२ वर्षका कमल नेगी रहेका छन् । पाख्रीनको साउन १८ र नेगीको साउन २८ मा मृत्यु भएको साततले आधारभुत स्वास्थ्य केन्द्रकी सिनियर अनमी रोजि पण्डितले बताइन् ।
एकै गाउँको दुईजनाको मृत्यु भएपछि अहिले गाउँमा रेविज विरुद्द्को खोप अभियान सुरु गरिएको छ।

