डेंगु संक्रमणबाट शिक्षिका अनिताको मृत्यु


काठमाडाैं- झापाकाे हल्दिबारी गाउँपालिका- ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु  छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो ।

उनी हल्दिबारी- ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत रहेकी थिइन् । झापामा यसवर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

करिब आधा दर्जन डेंगुका बिरामीहरु बीएण्डसीमा उपचाररत रहेको फोकल पर्सन सकुन्तला भुटियाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया