रेसुंगा नगरपालिकाले स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने


गुल्मी- गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ । नगरपालिकाले सदरमुकाम तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीको भर्ना गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।

उनका अनुसार स्नातक तहको पहिलो वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ रहेको छ । यो वर्ष करिब दुई सय विद्यार्थीको भर्ना गरिदिने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत पल्लीले बताए । विद्यार्थीको भर्ना गरिदिँदा विद्यार्थी र क्याम्पसलाई पनि आर्थिक सहयोग पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया